गोरखाका यी भूकम्पपीडितले पनि मध्यबर्खामा ओत लाग्ने ठाउँचाहिँ बनाउन भ्याएछन्। कतिलाई त त्यो पनि नभ्याएर पालमै रात गुजार्नुपर्ने बाध्यता छ। जस्तापाता स्वास्थ्यका हिसाबले उपयुक्त होइन, झन् बूढापाकाका लागि त त्यसले राम्रो गर्दैन। त्यसैले सहयोग गर्ने मनकारीहरूको भिडबाट वृद्धवृद्धाका लागि सोचिदिने/गरिदिने कोही निस्किए कति पुण्य काम हुने थियो। अरू केही नभए पनि उनीहरूले आशीर्वाद त दिने थिए!
प्रकाशित: ४ भाद्र २०७२ २३:०३ शुक्रबार





