२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिने भएको छ।

नियात्राकार व्यासलाई रूपैयाँ ५० हजार नगद राशिकाे साथ सम्मान गरिने भएकाे छ।

रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा “पवन आलोक नियात्रा पुरस्कार” स्थापना गरेकी थिइन्।  उक्त पुरस्कार कृतिगत रूपमा अर्पिँदै आएको थियो।

यसै वर्षदेखि उक्त पुरस्कार “पवन आलोक नियात्रा सम्मान” का रूपमा योगदानकाे आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो।

कृतिगत रूपमा यसअघि २०७७ मा नियात्राकार भीष्म उप्रेतीलाई ‘हिमाल शेर्पा र यती’नियात्रासंग्रह, २०७८ मा नियात्राकार डा. दामोदर पुडासैनी किशोरलाई ‘ग्रीष्मको नीलो बतास’ नियात्रासंग्रहका लागि, २०७९ मा इल्या भट्टराईलाई ‘मिसर’ नियात्रासंग्रहका लागि र २०८० मा नियात्राकार तेजप्रकाश श्रेष्ठलाई ‘गंगचुलीको हिउँ’ नियात्रासंग्रहका लागि अर्पिएकाे थियाे।

उक्त पुरस्कार पहिलोपल्ट सम्मानकाे रूपमा पाएकाे नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले दिएकी हुन्।

प्रकाशित: ५ माघ २०८२ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App