आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन्।
बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र मङ्गोल नेश्नल अर्गनाइजेसन दलले भाग लिएको सहायक निर्वाचन अधिकृत सरिता रिजालले बताईन्।
जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित सो बैठक मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा निर्वाचन तालिका र सहमति अनुसार राजनीतिक दल अगाडि बढ्ने,स्थानीय प्रशासकले सुरक्ष व्यवस्था सुदृढ पार्ने, जस्ता विविध विषयमा छलफल भएको थियो। जिल्लामा ४१ हजार चार सय ७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने बताइएको छ।
प्रकाशित: ५ माघ २०८२ १०:५४ सोमबार





