खड्कासमेत भएको बैंकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले ३ वर्ष कैद र ३ करोड ५० लाख रुपैयाँ बिगो जरीवाना तिराउन आदेश दिएको थियो। फैसलापछि नै फरार रहेका खड्कालाई ब्यूरोले काठमाडौं तिलगंगाबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि खड्कालाई ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं पठाएको छ।
खड्काले सान्दर्भीक विल्डर्स प्रा.लि. नामको फर्म खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेडबाट लिएको ३ करोड ५० लाख रपैयाँ कर्जा दुरुपयोग गरी कम्पनीलाई नोक्सानी पु¥याएका थिए।
यसअघि सोही फाइनान्स कम्पनीलाई नोक्सानी पु¥याएका बैकिङ्ग कसुर मुद्दामा ब्यूरोबाट पक्राउ परेका अन्य ३ जनामध्ये २ जना नख्खु र १ जना केन्द्रीय कारागारमा थुनामा रहेका छन् ।
प्रकाशित: २ भाद्र २०७२ ०६:१७ बुधबार





