गत मङ्गलबार मध्यराति थाङ्पालकोट गाविस–२, भिरखर्कको स्थानीय एक होटल नजिक ३६ वर्षीय भुपेन्द्र चापागार्इंलाई हत्या गरी गुठेभिरबाट फालिएको अवस्थामा स्थानीय गोठालाले शव देखेपछि गाउँलेलाई खबर गरेका थिए। गाउँलेले प्रहरीमा खबर गरेपश्चात् इप्रका मेलम्चीबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेको थियो।
हत्यामा संलग्न चारैजनाको पहिचान भइसकेको र निजहरु फरार रहेकाले तीव्ररुपमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले बताए। प्रारम्भिक अनुसन्धानअनुसार मृतकसँग रहेको मोबाइल र पैसा लुट्ने उद्देश्यले हत्या भएको हुनसक्ने थापाले जानकारी दिए।
इप्रका मेलम्चीमा कारबाहीका लागि मृतकका छोरा प्रज्वल चापागाईंले जाहेरी दिएका छन्। जाहेरवाला प्रज्वलकी जन्मदिने आमाले गत वैशाखको भूकम्पमा परी ज्यान गुमाएकी थिइन् । हाल मृतकका दुई छोरामात्र रहेका छन्।
घटना लुकाउन प्रयास गर्ने होटल सञ्चालिका मोतिमाया तामाङ र शर्मिला दोङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ । मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा शव परीक्षण गरी आज आफन्तलाई बुझाइएको छ । रासस
प्रकाशित: २१ श्रावण २०७२ ०७:३२ बिहीबार





