यस्तै रजवारा–६ मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । स्थानीय ८४ वर्षीय नरबहादुर पुन आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । पुनको घरमा चोरी भएको सूचना पाएको प्रहरी घटना स्थल पुग्दा पुनलाई मृत अवस्थामा फेला पारेको हो ।
मृतक पुनको शरीरमा निलडाम, चोटपटक लागेकोले हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्यूठान प्रहरी प्रमुख प्रनाउ तुलबहादुर कार्कीले बताए ।
प्रकाशित: १७ श्रावण २०७२ ०७:२२ आइतबार





