आफूले जस्तै अरुले पनि घरमा पालेको कुकुरसँग बिहे गर्नुपर्ने उनी बताउँछिन् । 'घरमा बाघ, भालु, चितुवा आदि पाल्नु भएको छ भने उनीहरुसँग बिहे गर्नुस भनेर म भन्दिन । तर हानी नगर्ने जनावर घरमै छन भने छन भने बेहुला खोज्न अन्त किने भौँतारिने ?' उनको प्रश्न छ ।
बिहे गरेर घरमा पालेका जनावरप्रति प्रेम व्यक्त गर्न सकिने उनी बताउँछिन् । 'मैले जनावरसँग प्रेम गरेको र बिरालोसँगको बिहेपछि कुकुरसँग बिहे गर्न लागेको खबर सुनेर केही क्रुद्ध मानिसले मलाई मार्ने धम्की दिए,' उनी भन्छिन, 'तर, कुकुरलाई दोस्रो पति बनाउनबाट मलाई कसैले रोक्न सक्दैन ।'
प्रकाशित: १४ श्रावण २०७२ ०६:४९ बिहीबार





