सिरहाको विष्णुपुरकट्टी–७ स्थित सर्रे खोलामा सप्तरी परसवनी–३ निवासी ३८ वर्षीय मुसुकलाल सरदारको हत्या गरी फरार रहेको आरोपमा सरदारलाई डेढ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
सर्रे खोलामा मजदुरी गरिरहेका बेला झगडा परेर मुसुकलालको सोही ठाउँका ३५ वर्षीय बच्चेलाल लगायतका व्यक्तिले घाँटी बटारेर हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। रासस
प्रकाशित: १० श्रावण २०७२ ०५:३७ आइतबार





