रञ्जनले जुलाई २४, रोहितले २५ तथा सक्षमले २६ मा प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा नवीनकुमार श्रेष्ठ र व्यवस्थापकमा अर्जुन केसी छन्। श्रेष्ठका अनुसार तीनै खेलाडीले कोरियाकै सुङनिममा जुलाई २७ देखि २९ सम्म हुने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा पनि भाग लिनेछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनरामश्रेष्ठले आइतबार टोलीको विदाइ गरे।
प्रकाशित: ३ श्रावण २०७२ २०:११ आइतबार





