५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

तेक्वान्दो टोली कोरियातिर

काठमाडौं- कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन तीन खेलाडीसहितको नेपाली तेक्वान्दो टोली आइतबार दक्षिण कोरिया लागेको छ।विश्व तेक्वान्दो महासंघको क्यालेन्डरमा समावेश प्रतियोगिता जुलाई २२ देखि २७ सम्म कोरियाको छुन छियोनमा हुनेछ। तीन खेलाडीमध्ये रञ्जन श्रेष्ठले ५८ केजीमुनि, रोहित तामाङले ६३ केजीमुनि र सक्षम कार्कीले ७४ केजीमुनिको तौल समुहमा प्रतिस्पर्धा गर्नेछन्।

रञ्जनले जुलाई २४, रोहितले २५ तथा सक्षमले २६ मा प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा नवीनकुमार श्रेष्ठ र व्यवस्थापकमा अर्जुन केसी छन्। श्रेष्ठका अनुसार तीनै खेलाडीले कोरियाकै सुङनिममा जुलाई २७ देखि २९ सम्म हुने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा पनि भाग लिनेछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनरामश्रेष्ठले आइतबार टोलीको विदाइ गरे।

प्रकाशित: ३ श्रावण २०७२ २०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App