५ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

पार्टी फेर्दै टिकट लिँदै

प्रतिनिधि सभाको निर्वाचनको मनोनय दर्ताको एक दिनअघि कपिलवस्तुमा टिकटका लागि दलको फेरबदलमा तीब्रता आएको छ । कपिलवस्तुमा दलका नेताहरुले टिकट कै लागि दलको फेरबदल गरेका हुन् ।  

कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे । उनले टिकट सुनिश्चित भएपछि एमालेमा प्रवेश गरेका हुन् । कांग्रेसको बिशेष महाधिवेशन मागका क्रममा हस्ताक्षर गरेको कनौडियाले पछि विशेष महधिवेशनका लागि आफनो हस्ताक्षर फिर्ता लिएका थिए । तर उनका प्रतिद्वन्द्वी अभिषेकप्रताप शाहले युटर्न गर्दै बिशेष महाधिवेशनको पक्षमा लागेपछि कनौडियोको कांग्रेसबाट टिकट धरापमा परको थिए । आफुले कांग्रेसबाट टिकट नपाउने भएपछि कनौडिया एमालेमा प्रबेश गरे लगत्तै कपिलवस्तु क्षेत्र नम्बर ३ बाट टिकट पाए ।  

यस्तै पूर्वबरिष्ठ प्रहरी उपरिक्षक तथा कांग्रेस नेता बिक्रम सिंह थापासमेत टिकट कै लागि रास्वपामा प्रबेश गरेका छन् । गत निर्वाचनमा कांग्रेसबाट लुम्बिी प्रदेश सदस्यमा उम्मेदवार बनेका थापा पराजित  भएका थिए । पराजित भएपछि कांग्रेसमा सुरेन्द्र आचार्य लबी परिवर्तन गरी दीपकुमार उपाध्याय समूहमा लागेर उनी अघि बढेका थिए । तर प्रतिनिधिसभा सदस्यका उम्मेदवारको टिकट नपाउने भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् ।  

यस्तै राप्रपाका नेता प्रकाश रजौरिया अहिले कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका छन् । कपिलवस्तुमा प्रतिनिध सभाको उम्मेदवार बन्न कै लागि धमाधम दल फेर्नेक्रम बढेको छ । नयाँ पुराना दुबै दलले आफनो दललाई बलियो बनाउने नाममा नव प्रबेशीलाई टिकट वितरण गरेका छन् ।  

यस्तै जनता प्रगतिशील पार्टीका मह सचिव ईश्वर दयाल मिश्रा जाँतो चुनाव चिह्न लिएर क्षेत्र नम्बर ३ को उम्मेदवार बन्ने भएका छन् । 

प्रकाशित: ५ माघ २०८२ १९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App