२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गोरखा-२ बाट उम्मेदवारी दिनुमा यस्ता छन् बाबुरामका ५ प्रमुख लक्ष्य

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिने भएका छन्।

उनले यसपटक प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने भएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले यसपटक चुनाव लड्नुका ५ प्रमुख आधार र लक्ष्यहरू सार्वजनिक गरेका छन्।

संविधानका एक प्रमुख निर्माणकर्ता समेत रहेका उनले संविधान संशोधनदेखि गोरखाको विकास मोडेलसम्मका योजना अघि सारेका छन्।

यस्ता छन् डा. भट्टराईले अघि सारेका ५ प्रमुख लक्ष्यहरू

राष्ट्रिय स्वाधीनताको रक्षा: बदलिँदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट देशलाई जोगाएर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने।

अभिभावकीय भूमिका: दलहरूबीच र दलभित्र बढ्दो द्वन्द्वले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्न सक्ने जोखिम औँल्याउँदै उनले समन्वयकारी र अभिभावकीय भूमिका निर्वाह गरी लोकतन्त्रको रक्षा गर्ने लक्ष्य राखेका छन्।

संविधान संशोधन र सुधार: जेन-जी विद्रोहको पृष्ठभूमि र संविधान निर्माणको १० वर्ष पूरा भएको अवस्थामा संविधानको एक प्रमुख मस्यौदाकारको हैसियतले आवश्यक संशोधन र सुधारका लागि संसदमा भूमिका खेल्ने।

आर्थिक रूपान्तरणको नेतृत्व: सुशासन र आर्थिक समृद्धिलाई प्रमुख एजेण्डा बनाउँदै आफ्नो अर्थ-राजनीतिक ज्ञान र अनुभवका आधारमा देशको तीव्र आर्थिक-सामाजिक रूपान्तरणको मार्गचित्र बनाउने र नेतृत्व गर्ने।

गोरखा विकास मोडेल: विगतमा गरेका रूपान्तरणकारी कामको जगमा टेकेर गोरखालाई देशकै आधुनिक र समतामूलक आर्थिक विकासको नमूना (मोडेल) बनाउने।

प्रकाशित: ५ माघ २०८२ १९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App