१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भाषण सकेर फर्कदै थिए, विमानस्थल नपुग्दै पक्राउ परे

नागरिक बचाउ महाअभियानअन्तर्गत पोखराको सभामा सम्बोधन गरेर काठमाडौं फर्किने हतारोमा रहेका दुर्गा प्रसाईं आफ्नो गन्तव्यमा पुग्न नपाउँदै पक्राउ परे।

सोमबार अपराह्न लेकसाइडको कार्यक्रम सकेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेका प्रसाईंलाई कास्की प्रहरीले विमानस्थलको गेट नजिकैबाटै नियन्त्रणमा लिएको हो।

जहाज चढेर काठमाडौं उड्ने तरखरमा रहेका उनी विमानस्थल परिसर टेक्नै नपाई प्रहरी फन्दामा परेका हुन्।

मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई पक्राउ लगत्तै कास्की प्रहरीले आजै काठमाडौं पठाएको छ।

कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी हरिबहादुर बस्नेतले प्रसाईंलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे। उनले भने, ‘उहाँ कार्यक्रम सकेर काठमाडौं जानका लागि विमानस्थल जाँदै हुनुहुन्थ्यो, हामीले एयरपोर्ट चोकबाट नियन्त्रणमा लिएर काठमाडौं पठाइसकेका छौं।’

प्रसाईंले केही दिनअघि नेपाली कांग्रेसको आधिकारिकता लिनका लागि गगन थापा पक्षले निर्वाचन आयोगलाई ५२ करोड घुस खुवाएकोआरोप लगाएका थिए।

सोही अभिव्यक्तिपछि निर्वाचन आयोगले कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको थियो।

ब्युरोको पत्र र निर्देशनका आधारमा कास्की प्रहरीले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको हो।

प्रकाशित: ५ माघ २०८२ १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App