२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

जोकोभिचलाई विम्बल्डन उपाधि

लन्डन- विश्व नम्बर एक नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि रक्षा गरेका छन्। पूर्व नम्बर एक स्वीट्जल्यान्डका रोजर फेडेररलाई हराउँदै जाकोभिचले उपाधि जितेका हुन्। सुरुआती दुई सेट निकै प्रतिस्पर्धात्मक भएको खेल २८ वर्षे जोकोभिचले ७–६(७/१), ६–७(१०/१२), ६–४, ६–३ ले आफ्नो पक्षमा पारेका थिए। झन्डै तीन घन्टा चलेको खेलको हारसँगै आठौं पटक विम्बल्डन जित्ने पहिलो खेलाडी बन्ने फेडेररको सपना पूरा हुन सकेन। फेडेरर र पिट सम्प्रासले समान ७ पटक विम्बल्डन जितेका छन्।जोकोभिचको यो तेस्रो विम्बल्डन उपाधि हो। उनले गत वर्ष र सन् २०११ मा विम्बल्डन जितेका थिए। समग्रमा जोकोभिचको यो नवौं ग्रान्ड स्लाम उपाधि हो। उनले पाँच पटक अस्ट्रेलियन ओपन र एक पटक युएस ओपन जितेका छन्। अहिले सम्म उनले फ्रेन्च ओपन भने जित्न सकेका छैनन्। २०१२ र २०१४ मा उनले फ्रेन्च ओपनको उपविजेतामा चित्त बुझाउनु परेको थियो। एक महिनाअघि मात्र उनी फ्रेन्च ओपनको फाइनलमा स्टान वान्रिकासँग पराजित भएका थिए।

एन्डी मरेलाई हराउँदै अघि बढेका १७ पटकका ग्रान्ड स्लाम विजेता फेडेररले विम्बल्डनमा कीर्तिमान रच्ने अनुमान गरिएको थियो। पहिलो सेट गुमाए पनि उनले दोस्रो सेटमा पुनरागमन गरेका थिए। तर, तेस्रो र चौथो सेटमा भने अघिल्ला दुई सेटमा भन्दा उनी कमजोर रहे।

प्रकाशित: २७ असार २०७२ १९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App