१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

शुक्रवार सुन्दरी : फोबी रिमाल

फोबी रिमाल मेकअप आर्टिस्ट हुन्। अरूलाई सुन्दर बनाउने पेशामा आबद्ध उनी आफू पनि सुन्दर छिन्। उनी मोडलिङ पनि गर्छिन्। '२२ वर्षको उमेरसम्म त हाफप्यान्ट लगाएर पनि अभिनय गरिनँ,' उनले भनिन्, '२३ वर्षको हुँदा बियर कम्पनीको विज्ञापनमा बिकिनी सुट गरेकी हुँ।'५ फिट ६ इन्च अग्ली उनी नेपाली समाजमा बिकिनी लगाएर अभिनय गर्नेलाई हेर्ने नजर नै गलत भएको बताउँछिन्। 'तर, बिकिनी लगाउँदैमा नराम्रो भइँदैन,' उनी भन्छिन्, 'सकारात्मक सोच राखेर गरेको हरेक काम सकारात्मक नै हुन्छ। त्यसैले अहिले म मेरो मनको कुरा सुन्छु।' उनले तीन दर्जनभन्दा बढी विज्ञापन र आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। उनलाई फिल्ममा काम गर्ने रुचि पनि छ। भन्छिन्, 'सोचेजस्तो स्त्रि्कप्टमा अफर आयो भने फिल्ममा खेल्छु।'

प्रकाशित: २६ असार २०७२ २२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App