३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

आइटममा छाएकी मेनुका

'तिमी र म घुम्न जाऊँ न' बोलको गीतका कारण फिल्म 'रेशम फिलिली' अत्यधिक चर्चामा छ। फिल्मकी अभिनेत्री मेनुका प्रधान अझै 'आइटम गर्ल' कै रूपमा परिचित छिन्।फिल्म 'टलकजंग भर्सेस टुल्के' को 'नाच न मैयाँ' बोलको गीतमा आइटम डान्स गरेर चर्चामा आएकी उनलाई अभिनेता निखिल उप्रेतीले पनि 'आइटम गर्ल' कै रूपमा उभ्याएका छन्। भदौ ११ गतेबाट प्रर्दशन हुन लागेको उनको फिल्म 'भैरव' को एक आइटम गीतमा मेनुकाले नृत्य गरेकी हुन्। जसको तस्बिर सार्वजनिक भएको छ। भोजपुरी भाषाको उक्त गीतमा मेनुकाको नृत्य कथा सुहाउँदो भन्दै निखिलले प्रशंसासमेत गरिरहेका छन्।

प्रकाशित: २६ असार २०७२ २१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App