२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

मानो रोपेर मुरी

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो, लगाई पानी आएर गोडौंला।

असारे भाकाका यस्ता गीत गाउँदै रोपाइँ गर्नुको रमाइलो शब्दमा वर्णन गर्न सकिन्न। असार महिना किसानहरूका लागि अति व्यस्त समय हो। चारैतिर हरियाली, हिलोमाटोको सुगन्ध अनि छिनमै पानी र घाम लाग्ने चुलबुले मौसम। मानो खाएर मुरी उब्जाउने बेला गोरखा, छेपेटारका किसान गतहप्ता यसरी नै असोर भाका गाउँदै रोपाइँमा व्यस्त देखिन्थे।

कृषिमा भएको धेरथोर आधुनिकीकरण र युवायुवतीको कम चासोका कारण असारे भाका आजकाल हराउँदै गएको छ। यस्तै हो भने अबका केही वर्षपछि असारे भाकाहरू किंवदन्तीहरूमा मात्र रहने हुन् कि!

प्रकाशित: २५ असार २०७२ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App