१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

सुत्केरी श्रीमतीको जिब्रो काटेर हत्या गर्ने पक्राउ

रुकुम–सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्रेको छ।

 

बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्रेको हो। यही असार २१ गते राति घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका बुढालाई शुक्रबार जिल्ला झिकाइएको रुकुमका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जानकारी दिए।

जिब्रो काटिएकी, अनुहार, टाउकोलगायत शरीरका अन्य ठाउँमा गम्भीर चोट लागेकी बालिकाको उपचारका निम्ति अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको मृत्युपछि फरार रहेका छविलाललाई तीन दिनपछि स्थानीयवासीको सुराकमा पक्राउ गरिएको हो । रासस

प्रकाशित: २५ असार २०७२ ००:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App