५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

अवैध विदेशी मुद्रा र वुद्धचित्त माला सहित तामाङ पक्राउ

काठमाडौं-केन्द्रीय अनुसन्धान व्यूरोले डोमा छेतेन तामाङलाई अवैध विदेशी मुद्रा र वुद्धचित्त माला सहित पक्राउ गरेको छ। ठमेलमा उनले सञ्चालन गरेको कुवेरा महल होटलमा छापा मार्दा प्रहरीले चिनियाँ, भुटानिज, भारु लगायतका मुद्रा बरामद गरेको थियो।

Untitled-1

बरामद पैसा र बुद्धचित्त मला। इन्सेटमा पक्राउ तामाङ।

उनको होटलबाट बरामद विदेशी मुद्राको नेपाली रुपैयाँ सटहि गर्दा ६१ लाख १२ हजार २ सय ८९ हुन आउने प्रहरीले जनाएको छ। यस्तै ठूले बुद्धचित्त माला ८ थान, सानो बुद्धचित्त माला २ सय ७ थाना र बुद्धचित्त जस्तो देखिने सानो कालो माला २० थान बरामद गरेको छ।
पैसा गन्ने मेसिन र विभिन्न बैकका चेक समेत होटलबाट बराम गरेको छ। तामाङलाई प्रहरीले आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि वरामद रकमसहित आन्तरिक राजश्व विभाग, हरिहरभवन पुल्चोक पठाएको छ।
वरामद बुद्धचित्त माला जिल्ला वन कार्यालय, काठमाडौं पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असार २०७२ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App