ब्वाइजतर्फ किरण कार्कीले चार स्वर्ण पदक जिते। उनले खुला २ सय मिटर व्यक्तिगत मिड्ले, १ सय मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर ब्रेस्टस्ट्रोक र यु १७ को ५० मिटर ब्रेस्टस्ट्रोकमा पहिलो स्थान हासिल गरेका थिए।
ब्वाइजका अन्य स्पर्धामा प्रमोद श्रेष्ठले खुला फ्रिस्टाइलको उपाधि जित्दा यु–१२ को ५० मिटर ब्याकस्ट्रोकमा आनन्द लामा, यु–१० को ५० मिटर ब्याकस्ट्रोकमा दुना लामा, १ सय मिटर खुला बटरफ्लाईमा बासुदेव थारु, यु–१४ को ५० मिटर फ्रिस्टाइलमा शुभम श्रेष्ठ, खुला ५० मिटर ब्याकस्ट्रोकमा नितेश मानन्धर, यु–१४ को ५० मिटर बटरफ्लाईमा अनुभव सुव्वा, खुला १ सय मिटर फ्रिस्टाइलमा मनिष चित्रकारले स्वर्ण जिते। तीन स्वर्ण पदक जितेका मनिषले खुला ५० मिटर बटरफ्लाई तथा ५० मिटर फ्रिस्टाइलमा पनि पहिलो स्थान हासिल गरेका थिए।
प्रकाशित: ६ असार २०७२ २०:३० आइतबार





