८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

विमानस्थलबाट चार महिला र चार पुरुष पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जेट एयरको उडानद्वारो नयाँदिल्ली जान लागेको अवस्थामा राह चार महिला र चार पुरुष पक्राउ परेका छन्। प्रहरीका अनुसार राहदानी भएका ४ महिला र नागरिकता मात्र भएका ४ पुरुष पक्राउ परेका हुन्।उनीहरु बिमानभित्र प्रवेश गरिसकेको अवस्थामा बिमानस्थलमा कार्यरत प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले बिमान नजिकै गई जेट एयरका कर्मचारीलाई यात्रुको सामान छुटेकोले लगिदिन आग्रह गरेपछि कर्मचारीले सामान चेकजाँच गर्दा भिषा लागेको ४ थान राहदानी र टिकट फेला परेपछि प्रहरीलाई बुझाएका थिए।

पक्राउ पर्नेहरुमा नुवाकोटकी २० वर्षीया रोशनी थापा, नुवाकोटकी १९ वर्षीया सपना तामाङ, सिन्धुपाल्चोककी ३४ वर्षीया सरिता तामाङ, तनहुँकी ३१ वर्षीया राधिका नेपाली, नुवाकोटका ४० वर्षीय अमर तामाङ, सिन्धुपाल्चोकका ३७ वर्षीय दमछोई दोर्जे लामा, नुवाकोटका ४२ वर्षीय पूर्णबहादुर लामा र तनहुँका २७ वर्षीय किशोर नेपाली रहेका छन्।

राहदानीमा अध्यागमन कार्यालयको छापसमेत लगाएको अवस्थामा फेला पारिएपछि उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा सक्कल कागजैसहित प्रहरीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको हो।यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: ५ असार २०७२ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App