१६ चैत्र २०८० शुक्रबार
अन्य

नागरिक नायक मनोनयन

नागरिक नायक मनोनयन फारम
 

 🗋 फारम भर्न यहाँ क्लिक गर्नुहोस् 

 

के हो नागरिक नायक?

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने कुनै पनि व्यक्ति वा संस्थालाई सम्मान गर्दै तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने गर्छ। यस्ता व्यक्ति र संस्थाबारे प्रचारप्रसार गर्दै तिनलाई थप उत्प्रेरित गराउने अभियान हो– नागरिक नायक सम्मान।

नागरिक नायक हुन कुनै पनि व्यक्ति वा संस्थाले निम्न लिखित क्षेत्रमा भूमिका खेलेको हुनुपर्नेछ

  • सर्वसाधारणको सामाजिक तथा आर्थिक सम्वृद्धिका लागि भूमिका खेलेको हुनुपर्छ।
  • समाजलाई वैचारिक रूपमा डोर्‍याएको हुनुपर्छ।
  • परिवर्तनकारी भूमिका खेलेको हुनुपर्छ।
  • सामाजिक तथा सामुदायिक रूपमा जोडिएको हुनुपर्छ।
  • सामाजिक उद्यमशीलता बढाएको हुनुपर्छ।
  • नाफालाई समाजको वृहत्तर क्षेत्रको हित निम्ति सदुपयोग गरेको हुनुपर्छ।

नेपाल रिपब्लिक मिडियाको वार्षिक स्थापना दिवसका अवसरमा देशका प्रभावशाली राजनीतिक, व्यवसायिक, सामाजिक कार्यकर्ता, कूटनीतिज्ञ र विकास तथा अन्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भव्य समारोहबीच नागरिक नायक अवार्ड प्रदान गरिन्छ। यस अभूतपूर्व जमघटको अवसरमा ती परिवर्तनकारी संस्था तथा व्यक्तिलाई देशका प्रतिष्ठित नागरिकले प्रत्यक्ष भेटि उनीहरूको अनुभव सुन्ने मात्र होइन थप उत्प्रेरणा र कामका लागि सम्भावनाको बाटोसमेत खोल्न सक्छन्।

नागरिकबाटै बन्छन् नायक

आफू वरपर स-सानो समुदायमा गरेका स-साना कामले ठूलो प्रभाव पारिरहेको हुन्छ। यस्ता कुनै व्यक्ति वा संस्थालाई चिन्नु हुन्छ? परिवर्तनकारी त्यस्ता कुनै व्यक्ति वा संस्थालाई समाजबाहिर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भने आउनुहोस्, तिनका कामको सराहना गर्दै त्यस्ता नारी वा पुरूष मात्र होइन संस्थालाई समेत नागरिक नायक बनाउन भूमिका खेल्नुहोस्। त्यस्ता संस्था व व्यक्तिलाई नागरिक नायक अवार्ड दिलाउन मनोनयन गरी हामीलाई सहयोग गर्नुहोस्।

को हुनेछ नागरिक नायक?

सामान्य नागरिकबाटै बन्छन् एक प्रेरक नायक भन्ने विचारका साथ हामीले हरेक वर्ष विभिन्न क्षेत्र, स्थान र विधाबाट यस्ता नागरिक वा संस्थाको खोजी थालेका छौँ, जसले समाजको हितमा दूरदर्शिता देखाएको होस् र देश तथा जनताका लागि आशा र मार्गनिर्देशन गरेको होस्।

नेपाल रिपब्लिक मिडियाद्वारा समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने कुनै पनि व्यक्ति वा संस्थालाई गरिने सम्मान, तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने र तिनको प्रचारप्रसार गर्दै तिनलाई थप उत्प्रेरित गराउने उद्देश्यका साथ चालिएको अभियान नै नागरिक नायक हो।

यो सम्मान हरेक वर्ष नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, शुक्रबार साप्ताहिक तथा नागरिक परिवार मासिक म्यागेजिनको प्रकाशक नेपाल रिपब्लिक मिडियाको वार्षिक स्थापना दिवसको अवसरमा देशका प्रभावशाली राजनीतिक, व्यावसायिक, सामाजिक कार्यकर्ता, कूटनीतिज्ञ र विकास तथा अन्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको भव्य उपस्थिति र भव्य समारोहबीचमा उच्च सम्मानका साथ प्रदान गरिन्छ।

नागरिक नायकका कार्य प्रेरणादायक हुनुपर्छ र सो कार्यले देशको नागरिकको सामाजिक र आर्थिक उन्नतिका लागि प्रभावशाली भूमिका खेलेको हुनुपर्छ। समाजमा अभिनव र आधारभूत परिवर्तन ल्याउन सक्ने, वैचारिकरुपमा अब्बल र आफ्नो विचारले समाजलाई डोर्‍याउन सक्ने, सामाजिक कार्यमा उद्यमी तथा सामुदायसँग नजिक रहेर कार्य गरेको व्यक्ति वा संस्था नै यस सम्मानको हकदार हुन्छन्।

यस सम्मानपछि मिडियामार्फत् उजागर गरिने उनका कार्यलाई नायकको यात्रा कथा र अनुभव संसारले सुन्नेछ। देश र विदेशबाट कयौं सहयोगी हातहरु उनको अभियानका लागि उठ्नेछन्। यसबाट नागरिक नायक वा संस्थाको कार्यको उचित सराहना हुन पुगी आफ्नो कार्यलाई निरन्तरता दिन र अन्यलाई सिको गर्न थप हौसला र उत्प्रेरणा मिल्ने छ भन्ने हाम्रो विश्वास छ। यही उत्प्रेरणा र निरन्तरताबाट नै आगामी दिनहरुमा नयाँ नयाँ क्षेत्रबाट महान् नवीन नायकको उत्पत्ति हुनेछ र  अन्ततः एक साधारण नागरिकबाट नै सम्मान योग्य नागरिक नायकको जन्म हुनेछ।

नागरिक नायक मनोनयन फारम
 

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित: २६ फाल्गुन २०७८ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App