१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

यातना दिने आमाविरुद्ध छोरीको उजुरी

रत्ननगर- चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन्। तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आज उजुरी दिएकी छिन्। उजुरीका आधारमा प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ।
तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खप्दै आएकी जुटपानी-७ सूर्यपुरकी २१ वर्षीया सङ्गीता लामालाई आमाले कुटपिट गरी घाइते नै बनाएपछि उनले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताइन्।
सङ्गीतालाई आमा धनमायाँ तामाङ, दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सामूहिकरुपमा सोमबार साँझ कुटपिट गरेको पीडित युवती सङ्गीताले दुखेसो गरिन्। त्यसपछि मङ्गलबार उनलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो।
चिकित्सकले उनको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन्। उनको टाउकोमा समेत चोट लागेको छ। आफूलाई चिर्पटले हानेको पीडित युवतीले बताइन्। न्यायका लागि भरतपुर आइपुगेकी सङ्गीताले आज प्रहरीमा उजुरी दिएकी छिन्।
चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरिएको जानकारी दिए। उनले कानुनअनुसार कारबाही हुने बताए। पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चनसहित आइतीमायाँ तामाङ र अर्का एकजना छन्।
तल्लो जातसँग बिहे गरेको भन्दै यसअघि पटकपटक दुव्र्यवहार गर्ने गरेकामा सोमबार साँझ भने इनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पीडित सङ्गीताले बताइन् । चार वर्षअघि पदमपुर-४ की सङ्गीताले जुटपानी-७ का मनोज परियारसँग प्रेमविवाह गरेकी थिइन्। त्यसपछि माइतीपक्षले पटकपटक मानसिक दुव्र्यवहार गर्दै आएका थिए। रासस

प्रकाशित: १४ माघ २०७१ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App