३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

बलियो ट्याब्लेट

अमेरिकामा भएको सीईएस प्रदर्शनीमा चक्कुले घोचे पनि केही नहुने ट्याब्लेट प्रदर्शन गरिएको छ। लेनेभोले योगा सिरिजको ट्याब्लेट २ प्रदर्शन गरेको हो। यसलाई चक्कुले घोच्दा पनि केही हुने छैन।
यसमा एनिपेन फिचर समावेश गरिएको छ। त्यसैले यसमा जुनसुकै पेनको प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले यो ट्याब्लेटमा जुनसुकै पेन, पेन्सिल वा चाबी प्रयोग गर्नसक्ने बताएको छ।
यो ८ इन्चको ट्याब्लेट हो। जुन विन्डोज ८.१ मा अधारित छ। फुल एचडी भएको यो ट्याब्लेटमा १.८६ गिगाहर्ज प्रोसेसर र २ जीबी र्यानम छ। यसमा ३२ जीबी आन्तरिक मेमोरी स्टोरेज छ। यसमा पछाडि ८ मेगापिक्सल र अगाडि १.६ मेगापिक्सल क्यामेरा रहेको छ।

प्रकाशित: २ माघ २०७१ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App