टोनिनो लम्बोर्गिनी मोबाइलले छ लाख रुपैयाँ पर्ने स्मार्टफोन ल्याएको छ। स्टिल र लेदरको सम्मिश्रणमा बनाइएको उक्त स्मार्टफोन अमेरिकाको सीईएस प्रदर्शनीमा लन्च गरिएको हो।
कम्पनीले यसको नाम '८८ तौरी' राखेको छ। यो स्मार्टफोन अनलक डिभाइसको रूपमा बिक्री भइरहेको छ। यसले डुअल सिम सपोर्ट गर्छ।
पाँच इन्च डिस्प्ले भएको यो स्मार्टफोनमा २.३ गिगाहर्ज प्रोसेसर र ३ जीबी र्या म छ। यसमा अगाडिको २० मेगापिक्सल र पछाडिको ८ मेगापिक्सल क्यामेरा रहेको छ। २४०० एमएएच ब्याट्री रहेको यसलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा बनाइएको छ।
प्रकाशित: २ माघ २०७१ ०१:५२ शुक्रबार





