२० माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

महिलाको पिठ्यूँमा लिंगको ट्याटू

बेलायतकी एक महिलाले कुमछेउ लिंगको ट्याटू खोपाएकी छिन्। अहिलेसम्म कसैले नगरेको यस्तो काम गर्ने उनी हुन्, होली अस्टन।
उनले शरीरमा लिंग खोपाउन कसरी दिइन् भन्ने कथा रोचक छ। 'एक दिन मैले पार्टीमा मनग्गे रक्सी खाएँ। भोलिपल्ट बिउँझिँदा कुममा लिंगको ट्याटू खोपिएको रहेछ,' उनले भनिन्। १७ वर्षको उमेरमा शरीरमा लिंगको ट्याटू खोपिएपछि क्याम्पसमा खला खुलेको कपडा लगाउन आफूलाई गाह्रो परेको उनी बताउँछिन्।
pardeshtira 2कसले ट्याटू खोपिदियो भन्नेबारे अस्टन भन्छिन्, 'पार्टीमा रक्सीले मातेर लट्ठ भएपछि मैले एकजना साथीलाई मेरो कुममा जे मन लाग्छ, त्यही ट्याटू खोपाउने अनुमति दिएछु। उसले लिंगको ट्याटू खोपिदिएछ।
भोलिपल्ट उठेपछि मात्रै मैले शरीरमा लिंग कोरिएको छ भन्ने थाहा पाएँ। 'एकपटक खोपाएको ट्याटू मेटिँदैन रहेछ। अहिलेसम्म त्यही ट्याटु बोकेर हिँड्नुपरिरहेको छ,' उनी भन्छिन्।
यस्तो ट्याटूले आफूलाई अप्ठेरोमा पारेको उनी बताउँछिन्। 'स्विमिङ गर्न जाँदा मैले ट्याटूमाथि प्लास्टर टाँस्ने गरेकी छु। साना केटाकेटीले ट्याटू देखेर अप्ठेरो मान्लान्जस्तो लाग्छ,' उनी भन्छिन्।
अनौठो ट्याटू भएकी महिला भनेर एउटा टेलिभिजनले उनीबारे कार्यक्रम प्रसारण गर्नु उनका लागि वरदान साबित भएको छ। 'ट्याटू मेटाउनै नसकिने चाहिँ होइन रहेछ। यसका लागि ठूलै खर्च लाग्दोरहेछ। टीभीले यसको खर्च बेहोर्छु भनिसकेको छ। अब मैले असहज महसुस गर्नुपर्ने दिन सकिँदैछ,' उनी आशावादी छिन्।

प्रकाशित: २ माघ २०७१ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App