२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

चिन्ता गर्नुपर्दैन

सेक्समा लीन भएको बेला कतिपय कुराले मानिसको आत्मविश्वास ओराल्ने गरेको छ। तर, सेक्स गर्ने बेलामा उत्पन्न हुने कतिपय अवस्थाप्रति कुनै चिन्ता लिनुनपर्ने तथ्य येल युनिभर्सिटीले गरेको एउटा अनुसन्धानमा बताइएको छ।
अनुसन्धानमा संलग्न डा. मेरी जेन मिनकिनका अनुसार सेक्स गर्दा योनी सुक्खा भयो भने महिलाले चिन्ता लिनुपर्दैन। यो अस्वाभाविक अवस्था होइन। '३३ प्रतिशत जवान महिलाले सेक्सका क्रममा योनी सुक्खा भएको महसुस गर्ने गरेका छन्। यो सामान्य कुरा हो, चिन्ता लिनुपर्ने विषय होइन,' उनले भनिन्। हफिंगटन पोस्टमा प्रकाशित अनुसन्धान रिपोर्टका आधारमा तयार पारिएको समाचारका अनुसार सेक्स सुरु गरेको दुई मिनेटपछि महिलाले सेक्सको अनुभव कस्तो हुनेवाला छ भन्ने थाहा पाइसक्छन्।
pardeshtira 5अमेरिकाको ओहायोस्थित सुम्मा सेन्टर फर सेक्सुअल हेल्थका निर्देशक किम्बरले रेस्निक एन्डरसनका अनुसार महिलाले 'सेक्सुअल न्युट्रलिटी'को अवस्थामा सेक्स सुरु गर्छन्। त्यसपछि मात्रै उनीहरू सेक्समा रमाउने/नरमाउने अवस्थामा पुग्छन्।
'कतिपय महिलालाई यौन आसनमा रहँदा पिसाब लागेको महसुस हुन्छ। खासगरी डगी स्टाइलमा सेक्स गरेको बेलामा यस्तो अनुभव हुने गर्छ,' समाचारमा भनिएको छ, 'डगी स्टाइलमा सेक्स गर्दा महिलाको जी स्पट उत्तेजित हुन्छ, जसले गर्दा उनीहरू स्खलनतर्फ उन्मुख हुन्छन्। यसकारण त्यतिबेला उनीहरूलाई पिसाब लागेको महसुस हुन्छ। यो सामान्य कुरा हो र यसमा पनि चिन्ता लिनुपर्ने कुनै कारण छैन।'
त्यसैगरी सेक्स गर्दा सित्कार ननिस्किनु पनि नौलो नभएको अनुसन्धानकर्ताहरूको ठहर छ। अधिकांश महिलाले पार्टनरलाई खुशी पार्न अथवा उनीहरूको आत्मविश्वास बढाउन सित्कार निकाल्ने गरेको उल्लेख गर्दै समाचारमा सित्कार ननिकाल्ने महिलाले कुनै प्रकारको सेक्स दुर्बलताको आशंका गर्नुनपर्ने बताइएको छ।
सेक्स गर्दा महिलामा टाउको दुख्ने, गर्धन दुख्ने आदि समस्या पनि सामान्य हुन्। 'यौन उत्तेजना बढ्दा टाउको र गर्धन दुख्ने गर्छ। चरमोत्कर्षमा पुगेको बेलामा कतिपय महिलाले यस्तो पीडा महसुस गर्ने गरेका छन्। यो पनि कुनै असामान्य कुरा होइन,' समाचारमा भनिएको छ।

प्रकाशित: २ माघ २०७१ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App