५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

मिस नेवाः मा २५ प्रतियोगी

'एईसीसी ग्लोबल मिस नेवा ११३५' को अन्तिम स्पर्धाका लागि २५ जना युवती छानिएका छन्। राजधानीमा हालै सम्पन्न अडिसनमा ३४ आवेदकबाट मिस नेवाः को १० औं संस्करणका लागि २५ जना छनोट भएका छन्।
नेप्लिज फेसन होमद्वारा आयोजना हुँदै आएको प्रतियोगितामा नेवार समुदायका युवतीको प्रतिभा प्रस्फुटन तथा कला, संस्कृति र भाषा संवर्द्धन मुख्य उद्देश्य रहने गरेको छ। अडिसनमा प्राइम कर्मसियल बैंकका डीजीएम भाइराजा तुलाधर, ललितपुर उपमहानगरपालिकाका कानुनी सल्लाहकार लक्ष्मण महर्जन, मिस नेवाः ११३२ की विजेता सुनीता डंगोल, ११३३ की सुदीना श्रेष्ठ र कोरियोग्राफर रोजिन शाक्य निर्णायक मण्डल रहेका थिए।
अडिसनमा छनोट भएका प्रतियोगीलाई एक महिना विभिन्न व्यक्तित्व विकास तालिम दिइने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन्। प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्य र रोहिया महर्जनले प्रशिक्षण दिनेछन्। प्रतियोगिताको अन्तिम स्पर्धा माघ अन्तिम साता नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ।

प्रकाशित: १ माघ २०७१ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App