झापा, बाहुनडाँगीका अर्जुन कार्की पूर्वी नेपालको पर्यटन प्रवर्द्धनका लागि भारत, भुटान र नेपालका विभिन्न ठाउँमा पुग्छन्। जहाँ पुगे पनि उनको साथ हुन्छ बाँसुरी।
उनलाई भेट्नेबित्तिकै उनीसँग परिचितहरू बाँसुरी बजाउन आग्रह गरिहाल्छन्। अर्जुन पनि मीठा धुनहरू सुनाइदिन्छन् । सुन्नेहरू मक्ख पर्छन्।
कलानिधि इन्दिरा विश्व विद्यालय र सुरसुधामा बाँसुरी वादन सिकेका अर्जुनले ललितकलामा फाइन आर्ट सिकेर आठ वर्ष डेल्टा आर्ट एन्ड डिजाइन संस्था सञ्चालन गरेका थिए। अर्जुन पछि गाउँमै फर्केर प्रकृति संरक्षण र पर्यटन विकासको काममा लागे। नवकिरण युवा क्लब खोलेर दुर्व्यसनविरुद्ध अभियान चलाए। प्रकृति संरक्षण समाजको संस्थापक अध्यक्ष बनेर हात्ती र मानवको द्वन्द्व न्यूनीकरण गर्न पहल गरे।उनको बाँसुरीको मीठो धुन पूर्वी नेपालसँगै भारतका दार्जिलिङ, मिरिक, सिक्किम, कोलकाता, जल्दापाडादेखि भुटानसम्म परिचित छ। 'आफ्नो रहर पूरा गर्न पनि संघसंस्थाका विभिन्न कार्यक्रममा बाँसुरी बजाउँछु, गीत गाउँछु,' उनी भन्छन्।
प्रकाशित: १ माघ २०७१ ११:४० बिहीबार


-600x400.jpg)


