७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

नेपाल १ सय ८६ औँ स्थानमा

विश्व फुटबल वरीयतामा नेपाल दक्षिण एसियाका दुई राष्ट्रभन्दा अघि मात्र रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले यसै साता जारी गरेको वरीयतामा नेपाल १ सय ८६ औँ स्थानमा छ।
नेपालभन्दा दक्षिण एसियाली मुलुक पाकिस्तान र भुटानमात्र पछाडि छन्। पाकिस्तान १ सय ८८ औँ र भुटान २ सय नवौँ स्थानमा छन्। अघिल्लो महिना नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेन।साफ च्याम्पियन अफगानिस्तानलाई पछि पार्दै माल्दिभ्स दक्षिण एसियाली राष्ट्रको शीर्ष स्थानमा पुगेको छ। माल्दिभ्स १ सय ३१ औँ स्थानमा छ भने अफगानिस्तान १ सय ४२ औँ स्थानमा छ। बंगलादेश १ सय ६५ औँ, भारत १ सय ७१ औँ र श्रीलंका १ सय ७२ औँ स्थानमा छन्। यसैगरी विश्वकप विजेता जर्मनी वरीयताको शीर्ष र उपविजेता अर्जेन्टिना विश्व फुटबलको दोस्रो स्थानमा यथावत रहेका छन्। कोलम्बिया तेस्रो, बेल्जियम चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा छन्।

प्रकाशित: १ माघ २०७१ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App