चेल्सीका स्ट्राइकर सेज फेब्रिगास छुट्टी मनाउन प्रेमिका डेनियला सेमानसँग क्यारेबियन द्वीपमा पुगेका छन्। इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा रहेका कारण प्रशिक्षक जोसे मोरिन्होले खेलाडीलाई छोटो–छोटो छुट्टी दिने गरेका छन्।
यो मौकाको सदुपयोग गर्दै फेब्रिगास लन्डनको चिसोबाट बच्न प्रेमिकासँगै क्यारेबियन द्वीपमा पुगेका हुन्। उनीहरूले छुट्टीका क्रममा क्यारेबियन सागरमा डुबुल्की मार्दै रमाइलो गरे। यो जोडीको १० महिनाकी छोरी छिन्।स्पेनिस फेब्रिगास आफ्नै देशको बार्सिलोना क्लव छाडेर यही सिजनमा चेल्सी आएका हुन्। चेल्सीमा उनले अहिलेसम्म १६ खेल खेल्दै ४ गोल गरेका छन्। तीन वर्ष बार्सिलोना बसेका फेब्रिगासले आठ वर्ष इंग्ल्यान्डकै आर्सनलबाट खेलेका थिए।
प्रकाशित: १ माघ २०७१ ११:२३ बिहीबार





