७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

ठगी आरोपमा विद्यालय निर्देशक पक्राउ

काठमाडौं- विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, विज्ञापन दाता ,घरधनी लगायतलाई ठगी गर्ने निर्देशकसहित ३ आरोपीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जले पक्रेको छ। गौशालामा ३ वर्षदेखि गुरुकुल उच्चमाध्यमिक विद्यालय सञ्चालन गर्दै आएका निर्देशक सुजित सिंहलाई ब्युरोले किर्ते ठगीको अभियोगमा सुनसरी, औरावनीमा पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जनाए।सिंहसहित अन्य दुई जनालाई समेत ब्युरोले पक्रेको छ। विभिन्न व्यक्तिलाई उच्चमाविको सेयर दिलाउने भनी शिक्षक, कर्मचारी आदिलाई दिनुपर्ने पारिश्रमिक नदिएको सिंहमाथि आरोप छ। उनले विभिन्न पक्षलाई सेवा शुल्कवापत दिनुपर्ने रकमसमेत नदिएको आरोप छ।

पक्राउ पर्ने अन्यमा ३१ वर्षीय सरोज रानामगर र ३६ वर्षीय मनोजकुमार आचार्य छन्। रानामागर काठमाडौंको थापागाउँबाट पक्राउ परेका हुन् भने आचार्य बानेश्वरबाट पक्राउ परेका हुन्। रानामगरमाथि रकम संकलन गरी हिनामिना गरेको र सर्लाहीका आचार्यलाई किर्ते गरी ठगी गरेको अभियोग छ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार मनोजकुमार आचार्यको नाममा किर्ते सेयर लागत खडा गरी सिद्धार्थ डेभलपमेन्ट बैंक जोरपाटी शाखाबाट १ करोड ८ लाख रुपैयाँ ऋण लिएको अनुसन्धानमा खुलेको छ।

'पक्राउ परेकाहरुमाथि ब्युरोले ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ,' अधिकारीले नागरिकसँग भने, 'पीडितहरुको रकम असुलउपर गराइनेछ।' आरोपीहरु पक्राउ परेदेखि गुरुकुल नेसनल फाउन्डेसन र उमाविको नामामा अन्य व्यक्ति र संस्थासमेत ठगिएको भन्दै दिनहुँ आउने गरेको उनले बताए।

स्कुलदेखि कलेजसम्म एक हजार विद्यार्थी अध्ययनरत रहेकामा हाल कक्षा १–१० सम्मका विद्यार्थी मात्र अध्ययनत छन्। हाल ३ सय विद्यार्थी मात्र छन्। प्लस टुदेखि स्नातकसम्मका विद्यार्थी अन्यत्र सरिसकेका छन्। पीडित विद्यार्थीले समेत गुरुकुल फाउन्डेसन र उमाविविरुद्ध ब्युरोमा उजुरी दर्ता गराएका छन्।

प्रकाशित: २७ पुस २०७१ २२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App