फिल्मको प्रवर्द्धन गर्न निर्माताहरूले नयाँ–नयाँ शैली थालेका बेला फिल्म 'जिन्दगी रक्स'का कलाकारले पूर्वका कलेज र फिल्म हलमा पुगेर दर्शक बोलाउने अभियान चलाएका छन्।
पूर्वका मुख्य शहरमा फिल्मको प्रवर्द्धन गर्न आएका नायक सौरमराज तुलाधर र नायिका अकेशा विष्टले धरान, विराटनगर र दमकका कलेज तथा फिल्म हलमा पुगेर दर्शक बोलाइरहेका छन्। सौरम र अकेशा धरान मोडल कलेज, धरान आदर्श कलेज र विराटनगरको अर्किड कलेजमा पुगेका थिए। उनीहरूले धरान, दमक र विराटनगरका फिल्म हलमा पुगेर स्थानीय सञ्चारकर्मीसँग अन्तर्क्रिया पनि गरे।
प्रकाशित: २५ पुस २०७१ १०:०८ शुक्रबार





