१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

गोली प्रहार गरी हत्या

सर्लाही- सर्लाहीको नारायणपुरमा गोली प्रहार गरी एक जनाको हत्या गरीएको छ। नरायणपुर–१ का ३८ वर्षीय संजय ठाकुरलाई गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।नेपाल भारतको दशगजाभन्दा ५० मिटर वर नेपालतर्फ हत्या गरी फालिएको अवस्थामा ठाकुरको शव आज बिहान फेला परेको प्रहरी नायव उपरीक्षक सुदम सिजापतिले बताए। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हत्याको कारण खुल्न सकेको छैन।

प्रकाशित: २३ पुस २०७१ २२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App