२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

न्यायाधीश बमका सुटरविरुद्ध इन्टरपोल नोटिस

काडमाडौं-सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बमको हत्यामा संलग्न देखिएका संजय ईस्माइली मगर विरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत डिफ्यु्जन नोटिस जारी गरेको छ। बमलाई गोली हान्ने सुटर देखिएका मगर १ महिना देखि साउदी अरवमा छन्।उनलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा नेपालमा रहेको इन्टरपोल शाखाले आज डिफ्युजन नोटिस जारी गरेको हो। अपराधमा संलग्न देखिएको तर अदालतबाट पक्राउ आदेश नाआएको विदेशमा रहेका नेपाली विरुद्ध इन्टरपोलले यस्तो नोटिस जारी गर्छ। व्युरोका डिआइजी हेमन्त मल्लले मगर विरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे। २०६९ जेठ १८ गते बमलाई शंखमुलमा गोली हानेर हत्या गरिएको थियो। घटनाको दुई बर्ष सात महिना पछि व्युरोले शुक्रबार बाबु थापा सहित ४ जनालाई पक्राउ गरेको थियो।

दुई पेस्तोल फेला

न्यायाधीश बमको हत्यामा प्रयोग भएको आशंकामा प्रहरीले २ वटा पेस्तोल परिक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाएको छ। पक्राउ परेका थापाको बयानका आधारमा ब्युरोले ललितपुर र पोखराबाट पेस्तोल ल्याएको हो। दुबै पेस्तोल हातहतियार तथा खरखजना अभियोगमा पक्राउ परेका अभियुक्तहरुले प्रयोग गरेका थिए। डिआइजी मल्लले घटनामा प्रयोग भएको हो वा होइन भन्ने बारे दुवै पेस्तोलको परिक्षण भइरहेको बताए।

प्रकाशित: २२ पुस २०७१ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App