१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

'हिरो'ले खोले योगा सेन्टर

काठमाडौं- फिल्मका कलाकार व्यापार व्यवसायमा लाग्ने क्रम जारी छ। अभिनेता वीरेन श्रेष्ठ पनि यो सूचीमा थपिएका छन्। उनले बिहीबार ठमेलको मण्डला स्ट्रिटमा योगा तथा स्पा सेन्टर सुरु गरेका छन्। 'मण्डला योगा एन्ड स्पा' नामक उनको व्यवसाय डेढ महिनाको तयारीपछि सञ्चालनमा आएको हो। केही हप्तामा स्पालाई अझ बिस्तार गर्ने योजनामा उनी छन्। मण्डलामा उनकी पत्नी कृति कार्कीले योगा सिकाउने छिन्।२०५७ सालमा 'नाम के हो' नामक फिल्मबाट अभिनय थालेका वीरेनले १४ वटा फिल्ममा नायकको भूमिका निर्वाह गरिसकेका छन्। 'मिस्टर मंगले' र 'मनले मनलाई छुन्छ' नामक दुइटा फिल्मका निर्माता वीरेन तत्काल कुनै पनि फिल्मको काममा संलग्न छैनन्।

'एउटा फिल्म बनाउनका लागि स्त्रि्कप्टको काम त भइरहेको छ, तर केही समयपछि मात्र बनाउँछु होला,' उनले कारण दिए, 'अहिले फिल्मको बजार त्यति सुरक्षित छैन।'

सहरबासीलाई स्वास्थ्यबारे चेतना फैलाउन योगा र स्पा सञ्चालन गरिएको वीरेन बताउँछन्। 'हामी आफ्नो गाडी र घरको हेरचाह गर्छौं तर शरीरमा ध्यान दिँदैनौं,' उनले भने। उनको स्पामा योगा, स्टिम बाथ, आयुर्वेद मसाज, हट स्टोन थेरापी, मड थेरापी, साउना, अकुपंक्चर, रेफ्लेक्सोलोजी लगायत सुविधा उपलब्ध छन्।

प्रकाशित: १७ पुस २०७१ २२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App