१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

देश दौडाहामा 'जिन्दगी रक्स'

फिल्म 'जिन्दगी रक्स' का कलाकार फिल्मको प्रचार गर्दै देशदौडाहामा निक्लेका छन्। फिल्म प्रचार गर्न कलाकारको टोली पोखरा आइपुगेको छ। यो यात्रा अझै केही दिन चल्नेछ।
फिल्मको कथावस्तु पनि यात्रामै केन्द्रित भएको कलाकारले बताए। आइतवार टोलीले पत्रकार सम्मेलन गरी फिल्मबारे जानकारी दिएको थियो। युवा पुस्तालाई लक्ष्य गरी निर्माण भएको जानकारी दिँदै टोलीले फिल्मको ट्रेलर र गीतको भिडियो देखाएको थियो। पुस १८ गते रिलिज हुने फिल्म देशभर करिब ५० वटा हलमा चल्ने कलाकार सोनाम पाख्रिनले बताए। पोखराको बाराही हलमा फिल्म लाग्नेछ।सोनामसहित सहनिर्माता सुजिता श्रेष्ठ, कलाकार तथा मुख्य सहायक निर्देशक विनोद मैनाली र ड्रेस डिजाइनर आल्या गिरीको टोली पोखरा आएको थियो। सुजिताका अनुसार काठमाडौँदेखि चितवन हुँदै पोखरा पुगेर टुंगिएको चारदिने यात्राबीच नै फिल्म घुमेको छ। निकेश खड्काको डेब्यू निर्देशन फिल्ममा सौरमराज तुलाधर, अकेशा विष्ट, सोनाम पाख्रिन, प्रकृति श्रेष्ठ, ऋचा शर्मा, मकन राईलगायत कलाकारले अभिनय गरेका छन्। हरि हुमागार्इंले छायांकन गरेको फिल्मलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

प्रकाशित: १७ पुस २०७१ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App