१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

खतरनाक पिरती

कास्की, पुम्दीभुम्दीकी चाँदनी बराल र कलिम शेख प्रेममा थिए। डेढ वर्षसम्म चलेको उनीहरूको प्रेम शारीरिक सम्बन्धसम्म पुग्यो। बिस्तारै कलिमलाई चाँदनीप्रति वितृष्णा जाग्न थाल्यो। उनीसँगको सम्बन्धबारे अरूले थाहा पाउलान् भन्ने पिर पनि थियो कलिमलाई। उनले चाँदनीलाई पन्छाउन खोजे। र, वि.सं २०६९ चैत १२ गते घाँटीमा केबलको तार बेरी चाँदनीको हत्या गरे।
काठमाडौँकी १८ वर्षीया अञ्जु आफ्नै श्रीमान्, सरोज फुयाँलको शिकार बनिन्। बिहेको तीन हप्तापछि हनीमुनका लागि पोखरा पुगेका बेला सरोजले अञ्जुलाई बियरमा विष मिसाएर खुवाए। केही बेरपछि अञ्जुले बान्ता गर्न थालेपछि थप बियर खाए बान्ता रोकिने भन्दै सरोजले उनलाई अझै पिलाए। यसपछि सरोजले उनको मुखमा तन्ना कोचे। अर्धचेत भएकी अञ्जु खूब छट्पटाइन्। र, उनले प्राण त्यागिन्। सरोज अहिले जेलमा छन्। 'पाँच वर्षदेखि कोपिलाको प्रेममा थिएँ। परिवारको करबलले अञ्जुसँग बिहे गरे पनि कोपिलालाई भुल्न सकिनँ। हामीबीच आएकी अञ्जुलाई मारेमात्रै उनले मसँग बिहे गर्ने भनेपछि मैले उसलाई मारेँ' प्रहरीसामु सरोजले स्विकारे।
दुलेगौँडा–२, तनहुँकी १९ वर्षीया रूपाले स्याङ्जाका त्रिलोचन शर्मालाई फेसबुकमार्फत चिनिन्। बिचारीचौतारा–५ का त्रिलोचन साथी हुँदै उनका प्रेमी बने। च्याट गरेको २० दिनमै उनलाई पोखरा भेट्न आएकी रूपा मृत्युको मुखमा पुगिन्। वि.सं २०७० साउन ११ गते पोखराको एउटा गेस्ट हाउसको पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटियो। प्रहरीले अनुसन्धान गर्दा त्रिलोचनले उनको हत्या गरेको खुलासा भयो। र, अन्ततः त्रिलोचन खोरमा पुगे।

प्रकाशित: ४ पुस २०७१ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App