इराकको टिग्रिस–युफ्रेटिज इलाकामा रहेको दलदल भूमि अचम्मका घरहरूका कारण संसारभर चिनिएको छ। पाँच हजार वर्षअघिदेखि यहाँ मानिसहरूले बसोबास गर्दै आएका छन्। यहाँका सबै घर डुंगामा बनेका छन्। पिलर गाडेर घर बनाउन नसकिने भएपछि यहाँका मानिसले यसरी तैरिने खालका घर बनाएका हुन्।
युफ्रेटिज नदीछेउमा रहेको यो दलदल भूमिमा बस्ने अधिकांश मानिस मत्स्यपालन व्यवसायमा आबद्ध छन्। माछा मार्न यस्तो घर उनीहरूलाई ज्यादै उपयोगी सिद्ध भएको छ। यहाँका मानिस घरै लिएर माछा मार्न जाने गरेका छन्।
'डुंगाजस्तो घर यहाँको संस्कृति हो। यहाँका मानिसले हावापानीअनुरूप संस्कृति निर्माण गरेका छन्। त्यस क्षेत्रमा जाने मानिसले पानीमा चलायमान घरहरू देख्न सक्नछन्,' समाचारमा भनिएको छ।
प्रकाशित: ४ पुस २०७१ ०७:३९ शुक्रबार





