२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

विपिका भइन् लिटिल च्याम्प

तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्प–२०१४ को उपाधि विपिका कायस्थले जितेकी छन्। शनिवार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतिभा माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले उपाधि जितेकी हुन्। 
उनले २० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। कुमुदिनी होम्समा कक्षा ४ मा अध्ययनरत संयम मल्ल फस्ट रनरअप, प्रतिभा माविमा कक्षा ५ मा अध्ययनरत नियुक्ति केसी सेकेन्ड रनरअप भए। माउन्ट अन्नपूर्ण स्कुलमा कक्षा ३ मा पढ्ने याङ्जिना लामाले भ्युअर्स च्वाइस अवार्ड जितिन्। प्रथा मल्टिपर्पोज सर्भिसेज प्रालिले बालबालिकाले लिटिल च्याम्पको तेस्रो संस्करण आयोजना गरेको थियो। मंसिर ६ गते सुरु गरिएको अडिसनमा आएका ५० बालबालिकाबाट २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए। प्रतिस्पर्धी २२ जनामध्ये १७ जना बालिका र ५ जना बालक थिए। पोखराका नौवटा विद्यालयका बालबालिका प्रतियोगितामा सहभागी थिए।

प्रकाशित: ३ पुस २०७१ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App