११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

उपहार बाँड्दै रोनाल्डो

स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्ना साथीहरूलाई घडी उपहार दिएका छन्। ६ हजार ५ सय पाउन्ड पर्ने यो बुल्गारी घडीमा उपहार पाउने खेलाडीको नाम, सिआर सेभेन र ला डेसिमा लेखिएको छ। सिआर सेभेन रोनाल्डोको ब्रान्ड नेम हो भने स्पेनिस शब्द ला डेसिमाले दशौँ भन्ने जनाउँछ। गएको सिजनमा रियल म्याड्रिडले दशौँ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेपछि ला डेसिमा रियल म्याड्रिडसँग जोडिएको हो।
रोनाल्डोले रियल म्याड्रिडमा आएको पाँच वर्ष पूरा भएको अवसरमा साथीहरूलाई उपहार दिएको बताएका छन्। यो पाँच वर्षको अवधिमा थुप्रै व्यक्तिगत उपाधि पाएका रोनाल्डोले टिमका साथीहरूकै सहयोगमा आफूले यो सफलता पाएको बताउँदै आएका छन्।
२९ वर्षका रोनाल्डो वर्षका उत्कृष्ट खेलाडीले पाउने बालोन डी ओरको अन्तिम ३ मा छानिएका छन्। उनले हालै मात्र बीबीसी ओभरसिज स्पोर्टस पर्सनालिटी अवार्ड हात पारेका छन्। रियल म्याड्रिडका २ सय ७० खेलमा २ सय ८४ गोल गरेका उनले यो सिजनमा मात्रै २४ खेलमा ३२ गोल गरिसकेका छन्।
रोनाल्डोबाट पाएको उपहारलाई अल्भारो अर्बेलोले सबैभन्दा पहिला सार्वजनिक गरेका थिए। उनले घडी पाउनेबित्तिकै घडी र घडी लगाएर रोनाल्डोसँगै उभिएको तस्बिर आफ्नो इन्स्टाग्राममा हालेका थिए।

प्रकाशित: ३ पुस २०७१ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App