३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

दौडबाट समाजसेवा

विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले गरिब बालबालिकाका लागि आर्थिक सहयोग संकलन गर्न पाँच किलोमिटर लामो दौड आयोजना गरेकी छिन्। आफूले आयोजना गरेको दौडमा उनी पनि दौडिएकी छिन्।
अमेरिकाको दक्षिणी सामुद्रिक किनारामा भएको र सेरेना विलियम्स अल्टिमेट रन नाम दिइएको यो कार्यक्रमबाट उठेको सबै रकमा सेरेना विलियम्स फाउन्डेसनको कोषमा जम्मा भएको छ। तर, कति रकम उठ्यो भन्ने खुलाइएको छैन। ३३ वर्षीया सेरेनाले स्थापना गरेको फाउन्डेसनले गरिब बालबालिकाका लागि सहयोग गर्दै आएको छ।यो दौडमा सेरेनालाई उनकी दिदी भेनस विलियम्सले पनि साथ दिएकी थिइन्। दौड सकिएपछि विलियम्स दिदीबहिनीले गीतसंगीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए। सेरेनाले अबदेखि हरेक वर्ष यसखाले ५ वा १० किलोमिटरको दौड आयोजना गर्ने घोषणा पनि गरिन्।
उनले स्वास्थ्यका लागि पनि आफूले पाँच–दश किलोमिटरको दौड मन पराउने गरेको बताइन्। 'म पाँच किलोमिटरको दौड मन पराउँछु,' सेरेनाले भनिन्, 'यसले शरीरलाई फाइदा गर्छ।'

प्रकाशित: ३ पुस २०७१ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App