३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

भक्तपुरमा २३ किलो सुन समातियो

काठमाडौं- खासाबाट सामान बोकेर आएको कन्टेनरमा तस्करी गरी ल्याइएको २३ किलो सुन फेला परेको छ। भक्तपुरको जगातिमा कन्टेनर चेकजाँचको क्रममा अगाडिपट्टिको भागमा लुकाएर राखेको अवस्थामा प्रहरीले सो सुन फेला परेको हो।कन्टेनर राजस्वले चेकजाँच गरी सिलबन्दी गरेकाले प्रहरीले भित्रि भागमा जाँच गर्न सकेको छैन। भक्तपुर प्रहरी स्रोतका अनुसार प्रहरीले राजस्व अनुसन्धान विभागले सोबारे जानकारी गराएपछि विभाग टोली जगाति जाँदैछन्।

हवाइ तथा स्थलमार्गबाट सुन तस्करी बढेपछि प्रहरीले अपरेसनलाई तिब्र बनाइरहेको छ। यसअघि महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंमा २२ किलो सुन बरामद गरेको थियो। त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोले दुई किलो सुनसहित सहयोगीलाई पक्रेको थियो।

बजारमा दैनिक ४० किलो सुनको माग छ। सरकारी कोटाअनुसार वाणिज्य बैंकहरुले बिक्री गर्ने दैनिक १५ किलो सुन बिक्री नभइ विभिन्न बैंकहरुमा ४ सय किलोभन्दा बढी सुन थन्किएको छ। तस्करीको सुनले बजार ओगटेकपछि प्रहरी सक्रिय भएको हो।

प्रकाशित: २९ मंसिर २०७१ २३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App