१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

सञ्जालमा सक्रिय सेलिब्रिटी

रिहाना
पपगायिका रिहाना सामाजिक सञ्जाल बढी चलाउने गर्छिन्। ट्वीटरमा तीन करोड ४० लाख फ्यानले उनलाई 'फलो' गरिरहेका छन् भने फेसबुकमा आठ करोड ५० लाख फ्यानले उनको पेज लाइक गरेका छन्। सेक्सी पोजमा खिचाएका कामुक तस्बिर अप्लोड गरेर रिहानाले सामाजिक सञ्जालमा फ्यानलाई 'इङ्गेज' गर्ने गरेकी छिन्।
माइली साइरस
Miley-Cyrus-Tongue
अमेरिकी पप गायिका माइली साइरस इन्स्टाग्राम चलाउँछिन्। उनले पनि उत्तेजक फोटो अप्लोड गर्नमै आफ्नो इन्स्टाग्राम एकाउन्टलाई प्रयोग गर्दै आएकी छिन्। उनले पटक–पटक सामाजिक सञ्जालमार्फत आफ्ना नग्न तस्बिर सार्वजनिक गर्ने गरेकी छिन्। नांगै नुहाएको र फलामको सिक्रीले आफ्नो गोप्य अंग छोपिनेगरी खिचाएको उनको फोटो इन्स्टाग्राममार्फत नै सार्वजनिक भएको थियो।
 
लेडी गागा
lady-gaga-v-magazine-20132
'लिटल मोन्स्टर' उपनामले आफूलाई चिनाउन थालेकी लेडी गागा ट्वीटरमार्फत सामाजिक सञ्जालमा सक्रिय छिन्। ट्वीटर एकाउन्टलाई उनले लाइभ ब्लगका रूपमा प्रयोग गर्दै आएकी छिन्। आफ्ना कन्सर्टलगायत संस्थागत र व्यक्तिगत गतिविधिका जानकारी उनले ट्वीटरमार्फत फ्यानहरूलाई दिने गरेकी छिन्।
 
केटी पेरी
Katy-Perry-performing
अमेरिकी गायिका केटी पेरी ट्वीटरमा सबैभन्दा बढी फलो गरिएका सेलिब्रिटीमा पर्छिन्। हालै ब्वाइफ्रेन्डसँग ब्रेकअप गरेर एक्लो जीवन बिताइरहेकी केटीले ब्वाइफ्रेन्डलाई दिने समय ट्वीटरलाई दिन थालेकी छिन्। फलोवरलाई 'इङ्गेज्ड' राख्न उनले आफूले गर्ने गतिविधिको जानकारी र तस्बिर अप्लोड गर्ने गरेकी छिन्।
 
जस्टिन बिबर
justin-bieber-thr
क्यानेडेली गायक जस्टिन बिबर सामाजिक सञ्जालमा निकै सक्रिय छन्। तर, कहिलेकाहीँ उनी हप्तौँ र महिनौँसम्म पनि सामाजिक सञ्जालबाट गायब हुने गरेका छन्। एउटा कम्पनीसँग मिलेर बिबरले केही समयअघि छुट्टै सामाजिक सञ्जाल लञ्चसमेत गरेका थिए।
बिबरकी प्रेमिका सेलेना गोमेज पनि ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल खूब चलाउँछिन्। केही महिनाअघि नेपाल आएको बेला उनले सारी लगाएको आफ्नो फोटो इन्स्टाग्राम र ट्वीटर दुवैमा सेयर गरेकी थिइन्।
 
ऋतिक रोशन
Hrithik-Roshan-body-krrish-3
बलिउड अभिनेता ऋतिक रोशन फेसबुक चलाउन मन पराउँछन्। विवादास्पद घटनाबारे आफ्नो आधिकारकि धारणा सार्वजनिक गर्नुपर्‍यो भने उनले फेसबुकको सहारा लिने गर्छन्। गतवर्ष पत्नी सुजेन खानसँग उनको सम्बन्ध–विच्छेदको खबर सार्वजनिक भएपछि सनसनी फैलियो। समाचार आधिकारिक नभएको भन्दै विभिन्न प्रश्न पनि उठे। त्यतिबेला ऋतिकले फेसबुकमार्फत सुजेनसँग आफ्नो सम्बन्ध–विच्छेद भएको खबर सत्य भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए।
 

यी चाहिँ छैनन्

क्रिस्टिन स्टेवार्ट
kristen-stewart-8v
फिल्म 'ट्वाइलाइट'को सिरिजमा काम गरेकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट अहिले चर्चामा छिन्। आफ्ना फिल्मले एकपछि अर्को सफलता पाउँदै गएको र रोबट पेटिनसनसँगको उनको प्रेमको उतारचढावले उनलाई ठूलो चर्चा दिलाएको छ। तर, उनले आफूलाई सामाजिक सञ्जालमा आबद्ध गराएर थप चर्चित बनाउने काम गरेकी छैनन्।
 
स्कार्लेट जोहानसन
53556883158726f16b740130 scarlett-johansson-vanity-fair-ss05
अमेरिकी अभिनेत्री तथा मोडल स्कार्लेट जोहानसनले एकपछि अर्को सुपरहिट फिल्म दिइरहेकी छिन्। उनीसम्बन्धी कुरा थाहा पाउन इच्छुकले सधैँ मिडियाको भर पर्नुपर्छ। किनकि, उनी सामाजिक सञ्जालबाट सूचना जारी गर्ने स्वभाव रुचाउँदिनन्।
कुनै पनि सामाजिक सञ्जालमा स्कार्लेट आबद्ध छैनन्। 'निजी जीवनका स–सना कुरा संसारलाई बताउन आवश्यक छ' भन्नेमा उनी विश्वास गर्दिनन्। 'यसै कारण म सामाजिक सञ्जालमा छैन,' उनी भन्छिन्।
 
एन्जेलिना जोली
एन्जेलिना जोली निकै फरवर्ड युवतीमा गनिन्छिन्। फिल्म निर्देशन, अभिनय र समाजसेवामा उनी आबद्ध छिन्। राष्ट्रसंघीय नियोगहरूको सद्भावना दूतका हैसियतले समाजसेवामा लागेकी उनी हलिउडकी सबैभन्दा चर्चित अभिनेत्री हुन्। यस्तो प्रोफाइल बनाएकी एन्जेलिना प्रविधि चलाउने मामिलामा भने कमजोर छिन्। भन्छिन्, 'मलाई कम्प्युटरको स्विच अन गर्न पनि आउँदैन। यस्तोमा मैले सामाजिक सञ्जाल प्रयोग गर्ने प्रश्नै उठ्दैन।'
 
जेनिफर अनिस्टन
jennifer-aniston-0-600
अमेरिकी अभिनेत्री तथा फिल्म निर्मातृ जेनिफर अनिस्टन पनि सामाजिक सञ्जालमा छैनन्। उनी पनि आफूलाई कम्प्युटर चलाउन नआउने बताउँछिन्। ब्ल्याकबेरी मोबाइल फोन आफूसँग रहेको र यो कसरी राम्रोसँग चलाउँछन् भन्नेसम्म आफूलाई थाहा नभएको उनी बताउँछिन्। 'अरूहरू ब्लायकबेरी मज्जासँग चलाइरहेका हुन्छन्। कसरी चलाउँदा हुन् त्यति सजिलोसँग,' उनी भन्छिन्।
 
केट हड्सन
'द रिलक्टेन्ट फन्डामेन्टलिस्ट' फिल्मकी हलिउड अभिनेत्री केट हड्सन पनि सामाजिक सञ्जालमा उपलब्ध छैनन्। एक अवसरमा सञ्चारकर्मीले उनलाई 'सामाजिक सञ्जालमा किन हुनुहुन्न ?' भनी सोध्दा उनले भनेकी थिइन्– 'म बढी पब्लिसिटी र मानिसको मप्रतिको अधिक ध्यानबाट डराउँछु। यसैकारण सामाजिक सञ्जालमा नछिरेकी हुँ।'
 
किरा नाइटले
Keira Knightley hot for Allure-01
बेलायती अभिनेत्री तथा गायिका किरा नाइट पनि पब्लिकसँग बढी घुलमिल हुन चाहँदिनन्। तर, पनि जनमानसको कुरा सुन्ने मन भने उनलाई छ। उनी पनि सामाजिक सञ्जालमा छैनन्। केही महिनाअघि उनले नक्कली नाममा ट्वीटर एकाउन्ट खोलेकी थिइन्। तर, १२ घण्टामै एकाउन्ट 'डिएक्टिभेट' गरिदिइन्। सामाञ्जिक सञ्जालमा नहुँदै आफूलाई सहज र स्वतन्त्र महसुस भएको उनी बताउँछिन्।
ko kati

प्रकाशित: २७ मंसिर २०७१ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App