२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

सार्कको अध्यक्षता नेपाललाई हस्तान्तरण

काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता नेपाललाई हस्तान्तरण भएको छ। सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले आज बिहान सुरु भएको १८ औँ शिखर सम्मेलन सञ्चालनका निम्ति प्रधानमन्त्री सुशील कोइरालालाई 'ग्याभल' हस्तान्तरण गरेपछि नेपाल सार्कको अध्यक्ष भएको हो।


त्यसअघि राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेर अध्यक्षताका निम्ति निर्वाचनको प्रस्ताव गरेपछि सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखले त्यसलाई अनुमोदन गरेका थिए।
सार्क वडापत्रअनुसार अघिल्लो शिखर सम्मेलन आयोजक मुलुकले पछिल्लोपटक शिखर बैठक आयोजना गर्ने देशलाई सार्कको अध्यक्षता हस्तान्तरण गर्ने प्रावधान छ।
सार्कको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आगामी दिनमा पनि नेपालको प्रतिबद्धता यसअघि झै कायम रहने बताउँदै सबैको सहयोगको अपेक्षा गरेको बताए। रासस

प्रकाशित: ९ मंसिर २०७१ २२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App