२८ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

दुई जर्मन पेस्तोल सहित दुई जना पक्राउ

काठमाडौं–दुई वटा जर्मन पेस्तोल सहित २ युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले सिपाडोल जगातीचोकमा जर्मन पेस्तोल, म्यागजीन र १८ राउन्ड गोली सहित गोपाल घलान र सविनराज धामीलाई पक्राउ गरेको हो।जगती चोकमा प्रहरी टोलीले वा १ ञ ९१९ नम्बरको कार रोकेर जाँच गर्दा गोली लोड भएको अवस्थाको पेस्तोल फेला परेको हो । हतियार फेला परेपछि प्रहरीले वारा रतनपुर– ५ का घलान र सुनसरी बकलौरीका धामीलाई पक्राउ गरेको थियो ।

परिसर प्रमुख जगतमान श्रेष्ठका अनुसार उनीहरुको पक्राउ पछि हाल उनीहरु काठमाडौंको महाराजगञ्जमा बस्ने गरेको खुलेपछि प्रहरीले उनीहरुको डेरा कोठामा समेत छापा मारेको थियो ।

पक्राउ दुबै आरोपी उपत्यकाको अन्य आपराधिक घटनामा समेत सश्ंलग्न रहेको शंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७१ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App