२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

सिन्धुलीमा एक महिलाको हत्या, दुई जना पक्राउ

जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो।

घटनामा संलग्न रहेको अभियोगमा तिनपाटन गाउँपालिका–३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रकाशित: २८ पुस २०८२ २०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App