ज्यान मुद्दामा कारागार चलान भएपछि विदेशबाट फर्किएका पतिले गत फागुन–१४ गते साउनेचौंर–१ की रमिला खत्रीसँग दोस्रो बिवाह गरेको भन्दै प्रमिलाले गत फागुन २९ गते जेलबाटै उजुरी दिएकी थिइन्। आफू जेल चलान भए पनि घर व्यवहार सम्हाल्न र बालबच्चाको हेरचाह गर्नुको सट्टा पतिले विदेशबाट फर्किएलगत्तै दोस्रो विवाह गरेर अन्याय गरेको उनको उजुरीमा उल्लेख छ। सामाजिक परम्पराअनुसार २०६३ सालमा विवाह गरेका प्रमिला र भूमीराजको एक छोरी र एक छोरा छन्। पति विदेशमा रहेकै समयमा प्रमिला कारागार चलान भएकी थिइन्।
गत माघ–१ गते आफैमाथि बलात्कार गर्न खोजेको आरोपमा कुटपिट भएका जेठाजु दिलकुमार राईको मृत्यु भएपछि प्रमिला पक्राउ परेकी थिइन्। घटनाको दोस्रो दिन पक्राउ परेका प्रमिलालाई जिल्ला अदालत खोटाङले माघ–२८ गते पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो।
प्रकाशित: ३ जेष्ठ २०७१ ००:४६ शनिबार




-600x400.jpg)
