८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

सभासद साहलाई सिराहा कारगार पठाइयो

महोत्तरी- जनकपुर बमकाण्डका 'मूख्य योजनाकार' भनिएका सभासद सञ्जय साहलाई सोमबार सिराहा कारागार पठाइएको छ। ठाउ अभावका कारण जलेश्वर कारगारले फिर्ता पठाए पछि चार दिन देखि उनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए।


जिल्ला अदालत धनुषाका न्यायधिश लोकजंग शाहको एकल इजलाशसले सभासद साहलाई आईतबार सिरहा कारागार पठाउन गरेको निर्णय अनुसार सोमबार ११ वजे उनलाई पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख रामप्रसाद श्रेष्ठले बताए।

सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका साहलाई बिहिबार जलेश्वर कारागारले ठाउँ अभाव देखाउँदै फर्काएपछि उनलाई चार दिन देखि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको थियो।

जिल्ला अदालत धनुषाले साहलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश बमोजिम बिहिबार राति आठ वजे सभासद साहलाई जलेश्वर कारागार ल्याइएको थियो तर कारागारमा ठाउँ अभाव रहेको कारण उनलाई फर्काइएको जेलर शोभेन्द्र ठाकुरले बताए।

सोही घटनामा संलग्न राजन मुक्ति भनिने रंजित झा लगायतका सशस्त्र समूहका एकै ठाउँमा रहेकाले कारागारको आन्तरिक सुरक्षालाई समेत ध्यानमा राखि सभासद साहलाई फर्काइए थियो।

जिल्ला अदालत धनुषाका अत्तिरिक्त न्यायधीश कैलाश केसीको एकल इजलासले अदालती बन्दोवस्तीको धारा ११८ को देहाय २ बमोजिम साहलाई विहिबार थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश जारि गरेको थियो।

मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा भएको धर्नामा २०६९ बैशाख १८ गते बम विष्फोट हुँदा पाँच जनाको मृत्यु हुनुका साथै ३२ जना घाईते भएका थिए।

प्रकाशित: २९ वैशाख २०७१ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App