७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

सातलाई लूनकरण साहित्यकला सम्मान

काठमाडौं– कला र साहित्य क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले सम्मान गरेको छ। शनिबार अग्रवाल भवनमा गरिएको कार्यक्रममा भएको कार्यक्रममा साहित्यकार गीता खत्रीलाई एक लाख रुपैयाँसहितको ‘गङ्गादेवी चौधरी स्मृति सम्मान' प्रदान गरियो।सडक नाटकमार्फत् समाजमा जनचेतना पुर्‍याउन गरेको योगदानको कदर गर्दै नाटककार अशेष मल्ललाई ‘बालकृष्ण सम' रंग सम्मान' प्रदान गरियो। त्यस्तै गीत रचनामा गरेको योगदानको कदरस्वरुप ‘नारायणगोपाल संगीत सम्मान' गीतकार किरण खरेललाई प्रदान गरियो। वैज्ञानिक सुजाना फोबोलाई ‘नेपाल नवप्रतिभा पुरस्कार' वितरण गरियो। 
‘सरस्वती सम्मान सिक्किमका कथाकार तथा समालोचक पेम्बा तामाङलाई प्रदान गरियो। मूर्तिकलामा काठमाडौंका रविन्द्र ज्यापुलाई ‘अरनिको ललितकला सम्मान' र दाङका महेश चौधरीलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान' प्रदान गरियो। ‘गङ्गादेवी चौधरी स्मृति सम्मान' बाहेकका सम्मान ५१ हजार रुपैयाँका हुन्।
चौधरी साहित्यकला मन्दिरको २० औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरिएको हो। सम्मानित व्यक्तित्वलाई गायक प्रेमध्वज प्रधानले नगद, ताम्रपत्र र माल्यार्पण गरेका थिए भने संस्थाका अध्यक्ष तथा सभापति कवि वसन्त चौधरीले सबैलाई दोसल्ला ओढाइदिएका थिए।
विगतमा मन्दिरले पाँच विधामा सम्मान प्रदान गरे पनि यस वर्षदेखि ‘बालकृष्ण सम रङ्ग सम्मान' र ‘अरनिको ललितकला सम्मान' थपेको हो। कार्यक्रममा गायक प्रेमध्वजले गीतकार चौधरीको ‘मेरा कविताहरु' नामक कवितासंग्रहको इ–बुक सार्वजनिक गरे। कार्यक्रममा पेम्बा तामाङले सम्मानितका तर्फबाट मन्तव्य राखेकी थिइन्।

प्रकाशित: २७ वैशाख २०७१ २०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App